सप्तरी, ४ असोज । सप्तरीको कोशि नहरमा एक युवकको शव फेला परेको छ ।

विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका २५/३० बर्षीय एक युवकको शव फेला परेको हो ।

मंगलबार बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउँपालिकाको बिचमा पर्ने सिमाना बरहि बिरपुरस्थित कोशि नहरमा परिचय खुल्न नसकेको सो युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुई दिन अगाडि विश्वकर्माको मुर्ति सेलाउन सप्तरीको राजविराजबाट आएको टोलिमध्ये एक जना अन्दाजी २५/३० बर्षिय युवक डुबेर बेपता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काका अनुसार विगत दुई दिनदेखि उनको खोजि कार्य भइरहेको तर नहरमा पानिको मात्रा बढि रहेकाले फेला नपरेको तथा नहरमा पानी घटेपछि आज शव फेला परेको छ ।

शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।