चितवन, ४ असोज । पूर्वी चितवनको रत्ननगरमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर–१ बस्ने २७ वर्षीय युवक रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

डेंगु संक्रमण पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका फिजिसियन डा. आलोक प्रधानले जानकारी दिए ।

अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनी ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म ४२९ जनामा डेंगुको सङक्रमण पुष्टि भएको छ । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका रहेका छन् ।