सर्लाहीमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी, २ लाख ५० हजार बराबरको क्षति

सर्लाही, १ चैत । सर्लाहीमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा एक घर पुर्णरुपले जलेर नष्ट भएको छ ।
सोमबार साँझ ७ बजे सर्लाहीको बिष्णु गाउँपालिका–३ मधुवनगोठका रामकृत मण्डलको कच्ची घरमा ग्याँस सिलिण्डर लिक हुँदा आगलागी भई घर पुर्णरुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घरमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा, नगद १० हजार, सुनचाँदीको गरगहना र घर गरी जम्मा २ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


