जनकपुरधाम, २८ फागुन । पटक पटक स्थगित हुँदै आएको नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना शनिबार रातिदेखि सुरु भएको छ ।

प्रतिनिधि छनोटमा विवाद हुँदा जनकपुरधामस्थित बुथमा सम्पन्न मतदानको मतगणना शनिबार अबेरसम्म सुरु हुन नसक्दा धाँधली भएको थियो ।

शुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भई १०५ मत गनेपछि विवाद उत्पन्न हुँदा मतगणनामा धाँधली भएको थियो । विवाद समाधान भएपछि शनिबार राति साढे ८ बजेदेखि मतगणना सुरू भएको हो । समाचार तयार पार्दासम्म २०५ मत गनिएको बताइएको छ ।

मधेस प्रदेश समितिमा कुल २ हजार १९९ मतदाता मध्ये शुक्रबार १ हजार ८ जनाले मतदान गरेका थिए । भने वीरगञ्जस्थित बुथमा ३२० जनाले मतदान गरेका थिए । वीरगञ्ज च्याप्टरमा कुल ५७० जना मतदाता रहेका छन् ।

चुनावमा कांग्रेसको एक्लै, माओवादी, जसपा र एसमाजवादीको पनि बेग्ला बेग्लै प्यानल बनाइएको छ । त्यसै गरि ननपोलिटिकल प्यानल गरि कुल पाँच समुह चुनावी मैदानमा छन् ।