कांग्रेस धनुषा : अब १५२ मत गन्न मात्र बाँकी

जनकपुरधाम, २४ फागुन । नेपाली कांग्रेस धनुषाको सभापतिको निर्वाचन दोस्रो चरणमा जाने निश्चित भएको छ । अब योगेन्द्र पजियार र संतोष यादव भिड्ने भएका छन् ।
निर्वाचन समितिका अनुसार २ हजार ७६६ मतगणना हुँदा पजियारले १ हजार १९७ मत पाएका छन् । अब १५२ मत गन्न मात्र बाँकी रहेको छ ।
अहिलेसम्मको गणनामा योगेन्द्र पजियारले १ हजार १९७, संतोष यादवले ८३८ र दिनेश प्रसैलाले ६०७ मत पाएका छन् ।
कुनै पनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । अब सबैभन्दा बढी मत पाएका पजियार र यादवबीच प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


