बृहत्तरमा ५५ लाख हिनामिना: पूर्व अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुंगाना, लेखापाल सावित्री कुमारी गिरी तथा खरिदार मनद कुमार चौधरी सूडीलाई प्रतिवादी बनाउँदै ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिनाको आरोप लगाएको हो ।
यस प्रकरणमा ईशिता ट्रेडर्स र त्यसका सञ्चालक पशुपतिनाथ पाठकलाई समेत मुद्दामा समावेश गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा बायो शौचालय खरिद प्रक्रियामा मिलेमतो गरी अनियमित रूपमा भुक्तानी गरिएको निष्कर्षसहित आयोगले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
अख्तियारका अनुसार सार्वजनिक खरिद प्रक्रियामा नियतवश नियम उल्लंघन गर्दै राज्यकोषमा क्षति पुर्याइएको ठहर गरिएको छ ।
मुद्दा दायर भएसँगै सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे थप कानुनी परीक्षण अघि बढ्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


