धनुषा–३ (ख) मा कांग्रेसको शक्ति प्रदर्शन: निधिको प्रमुख आतिथ्यमा वडा भेला सम्पन्न

जनकपुरधाम, २४ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (ख) अन्तर्गत शनिबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा वार्ड नम्बर–५ मा वडा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा पार्टी संगठन सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेता निधिले लोकतन्त्र, समावेशिता र विकासका सवालमा कांग्रेसको भूमिका अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
उनले आगामी दिनमा जनताको समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि निरन्तर पहल गर्ने बताउँदै संगठनलाई जरा तहसम्म मजबुत बनाउन कार्यकर्तालाई सक्रिय रहन आग्रह गरे ।
कार्यक्रममा स्थानीय विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्याबारे समेत छलफल गरिएको थियो ।
सहभागी कार्यकर्ताहरूले पार्टी नेतृत्वसँग प्रत्यक्ष संवादको अवसर पाएको भन्दै उत्साह व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

