विमलेन्द्र निधिद्वारा जेनजी युवाहरूलाई पार्टी प्रवेश

जनकपुरधाम, २४ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले शनिबार जनकपुरधामको मिल्स एरियास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा जेनजी युवाहरूलाई नेपाली कांग्रेसमा स्वागत गरेका छन् ।
लोसपाका विद्यार्थी नेता एजाज अन्सारीकाे नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
युवाहरू कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति आकर्षित भई पार्टीमा प्रवेश गरेको बताएका छन् ।
नवप्रवेशी युवाहरूलाई खादा तथा अबिर लगाएर निधिले पार्टीमा स्वागत गरेका थिए ।
यस अवसरमा बोल्दै निधिले युवाशक्ति नै देशको भविष्य भएको उल्लेख गर्दै उनीहरूको सहभागिताले लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।
उनले युवाहरूलाई विकास, सुशासन र रोजगारीका मुद्दामा कांग्रेस प्रतिबद्ध रहेको पनि बताए ।
पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।








तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

