काठमाडौँ, ७ फागुन । टी–२० विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको लक्षय दिएको छ ।

कुशल भुर्तेलको शतक र दिपेन्द्र सिंह ऐरीको अर्धशतकको मदतले नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १८ रन बनाएको छ ।

नेपालको तर्फबाट भुर्तेलले सर्वाधिक १ सय ४ रन बनाएर नोट आउट फर्केका छन् भने ऐरीले ८३ रन बनाएका हुन् ।
टस हारेर ब्याटिङ्ग गरेको नेपालले पहिलो विकेट सुरुवातीमे गुमाएपछि त्यसपश्चात राम्रो प्रदर्शन गर्दै विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यस खेलमा भुर्तेलले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक लगाएका छन् ।