काठमाडौं, ७ फागुन । विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिबार नेपाल फिलिपिन्ससँग खेल्दै छ। फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ्गको लागि आमन्त्रित गरेको छ ।

समूहको पहिलो खेलमा शुक्रबार नेपालले ओमानमाथि रोमाञ्चक जित हासिल गरेको थियो । त्यस्तै फिलिपिन्सले आफ्नो पहिलो खेलमा क्यानडासँग ११८ रनको पराकिलो हार व्यहोरेको थियो ।

नेपाली समय अनुसार ११ः४५ मा सुरू हुने खेल ओमानको अलअमिरात क्रिकट मैदानमा हुनेछ।

समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

May be an image of 2 people and text

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरूमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ। त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।