पूजाआर्चनापछि प्रधानमन्त्री बालेन बालुवाटार प्रवेश

काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले धार्मिक विधिअनुसार पूजाआर्चना गर्दै बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।
शुक्रबार निवास प्रवेशअघि उनले प्रांगण तथा मुख्य प्रवेशद्वारमा विधिपूर्वक पूजा सम्पन्न गरे ।
यसअघि आजै बालेनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । शपथ ग्रहणका लागि मध्याह्न १२:३४ बजेको शुभ साइत तय गरिएको थियो ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की निजी निवासमा फर्किएसँगै बालुवाटारस्थित सरकारी निवास खाली गरिएको थियो । त्यसपछि नयाँ प्रधानमन्त्रीका रूपमा बालेनले औपचारिक रूपमा निवास ग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेसँगै बालेनले आफ्नो कार्यकालको शुरुवात धार्मिक परम्परा अनुसार पूजाआर्चनाबाट गरेका छन् ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


