रामनवमीमा जनकपुरधाममा भव्य शोभायात्रा

जनकपुरधाम, १३ चैत । रामनवमीको अवसरमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार भव्य शोभायात्रा निकालिएको छ ।
विभिन्न हिन्दू धार्मिक तथा सामाजिक संघसंस्थाहरूको सहभागितामा आयोजना गरिएको शोभायात्राले नगर क्षेत्रलाई उत्सवमय बनाएको थियो ।
शोभायात्रामा सहभागीहरूले भगवान रामप्रति श्रद्धा व्यक्त गर्दै बाजागाजा, झाँकी तथा धार्मिक झण्डासहित नगरका प्रमुख सडकहरू परिक्रमा गरेका थिए ।
परम्परागत भेषभूषामा सजिएका सहभागीहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
यस अवसरमा सम्भावित भीडभाड र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन र सुरक्षा निकायहरूले नगरका विभिन्न स्थानमा कडा सुरक्षा व्यवस्था मिलाएका थिए ।
प्रमुख चोकहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।
स्थानीय प्रशासनका अनुसार कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।
रामनवमीको अवसरमा जनकपुरधाममा हरेक वर्ष यस प्रकारका धार्मिक कार्यक्रमहरू आयोजना हुँदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


