मधेशी समुदायको अपमान गरेको आरोपमा महेश बस्नेतविरुद्ध प्रदर्शन

जनकपुरधाम, ८ माघ । मधेशी समुदायप्रति आपत्तिजनक तथा भद्दा टिप्पणी गरेको आरोपमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधामस्थित भानुचौकमा भेला भएका रास्वपाका नेता कार्यकर्ताहरूले ‘महेश बस्नेत मुर्दावाद’, ‘मधेशी समुदायको अपमान बन्द गर’ जस्ता नारा लगाउँदै आक्रोश व्यक्त गरेका हुन् ।
उनीहरूले सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चबाट गरिएका बस्नेतका अभिव्यक्तिले मधेशी समुदायको भावना आहत भएको बताएका छन् । रास्वपाका कार्यकर्ताहरूले बस्नेतको तस्वीर जलाएर विरोध जनाएका छन् ।
प्रदर्शनमा सहभागी नेताहरूले महेश बस्नेतले दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । साथै, यस्ता गैरजिम्मेवार टिप्पणीले सामाजिक सद्भावमा असर पुर्याउने भन्दै राजनीतिक नेतृत्वले जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।
रास्वपाका स्थानीय नेताहरूले जातीय तथा क्षेत्रीय विभाजन निम्त्याउने खालका अभिव्यक्ति अस्वीकार्य भएको उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

