जनकपुरधाम, १० मंसिर । धनुषाको परवाहास्थित यूवा नाट्यकला परिषद्ले शनिवार ३९औं बार्षिकोत्सव मनाएको छ ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा परिषद्ले विभिन्न क्षेत्रका व्यक्तिवहरुलाई उनीहरुको योगदानको कदर गर्दै पुरस्कार, सम्मान तथा नाट्क मञ्चन गरि बार्षिकोत्सव मनाएको हो । यसै अवसरमा मैथिली रंगकर्म क्षेत्रमा विशिष्ट योगदान गरेकोमा गायक एवं संगीतकार सुनिल मल्लिकलाई यस बर्षको “चन्द्रकान्त स्मृति पुरस्कार“ प्रदान गरिएको छ ।

पुरस्कार स्थापनका बेला यो पुरस्कार हाँस्यकलाकार रामनारायण ठाकुरले पाएका थिए ।

त्यस्तै परवाहाका कामेश्वर मिश्र, भोला यादव, रामदेव मिश्र तथा रामवती देवी महरालाई गाउँ समाजमा आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पुर्याएकाले सम्मानित गरिएको थियो ।

परिषद्का अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा संघीय सांसद रामकृष्ण यादव, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर साह, प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, विभिन्न समाजिक संघ–संस्थाका पदाधिकारी तथा स्थानीयवासीन्दाहरुको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रम पश्चात अबेर साँझ परिषद्का कलाकारहरुले “छुथहा घैल“ नामक मैथिली नाट्क मंचन गरेका थिए ।