जनकपुरधाम, ३० असोज । दशैं मेलामा सहभागी हुने श्रद्धालु भक्तजनको स्वास्थ्यलाई मध्यनजर गर्दै जनकपुरधामस्थित सिया मेडिकेयर प्रालिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

जनकपुरधाम–२ कदमचोकस्थित सिया मेडिकेयरले दशैं मेलामा आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी आजदेखि लगातार दुईदेखि तीन दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

मेलामा सहभागी हुने भक्तजनलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको सिया मेडिकेयरले जनाएको छ ।

दशैंका अवसरमा शक्तिपीठ तथा मन्दिरहरूमा दर्शन र पूजाआराधना गर्न आउने श्रद्धालुको भीड बढ्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविरको व्यवस्था गरिएको हो ।

सिया मेडिकेयरले मेलामा सहभागी हुने सम्पूर्ण श्रद्धालु भक्तजनलाई शिविरबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ ।

धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा श्रद्धालुको स्वास्थ्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको यस पहलले मेलामा सहभागी हुने भक्तजनलाई आवश्यक स्वास्थ्य सेवा लिन सहज हुने विश्वास गरिएको छ ।

सिया मेडिकेयर प्रालि, कदमचोक, जनकपुरधाम–२ ले ‘सेवा नै धर्म हो, स्वास्थ्य नै धन हो’ भन्ने भावनासहित शिविर सञ्चालन गरेको जनाएको छ ।