राकेश विक्रम साह कांग्रेस जनकपुरधाम नगर सभापतिमा सर्वसम्मत
जनकपुरधाम, २१ असोज । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको १५औँ नगर अधिवेशनबाट राकेश विक्रम साह नगर सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट साहलाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको हो । त्यस्तै, सुभाष पाठक उपसभापतिमा र शिवरतन दास सचिवमा चयन भएका छन् ।
नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका नगर कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको विवरण भने आउन बाँकी रहेको छ ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र संगठन सुदृढीकरणमा समेत जोड दिने बताइएको छ ।
नवनिर्वाचित नगर सभापति साहले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीचको एकता र समन्वयलाई प्राथमिकतामा राख्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



