जनकपुरधाम, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेवी मन्दिर अगाडि टिपरको ठक्करबाट महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसी रामको मृत्यु भएको हो ।

प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले बालिकालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

घटनापछि प्रहरीले टिपर नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनाको विस्तृत कारण तथा बालिका सडकमा कसरी पुगेकी थिइन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।