जनकपुरधाम, १७ भदौ । बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनकपुरधामस्थित जानकी बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको छ ।

विद्यालयले बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।

विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय परिवारले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेकोमा जोड दिएको छ ।

विद्यालयको सहयोगले बाढीबाट प्रभावित परिवारलाई तत्कालीन राहतमा केही टेवा पुग्ने विश्वास गरिएको छ ।

बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला निजी क्षेत्र, शैक्षिक संस्था, संघसंस्था तथा सर्वसाधारणबाट राहत सहयोग जुट्ने क्रम बढेको छ ।