जनकपुरधाम, १७ भदौ । राजर्षिजनक विश्वविद्यालयको विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायको डीनमा प्रा. डा. विद्य‍ासागर वर्मा नियुक्त भएका छन् ।

विश्वविद्यालयले उनलाई संकायको डीन पदमा नियुक्त गरेको हो ।

नवनियुक्त डीन वर्मालाई विश्वविद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

विश्वविद्यालय परिवारले प्रा. डा. वर्माको शैक्षिक अनुभव, दक्षता र नेतृत्व क्षमताबाट विज्ञान, प्रविधि तथा इन्जिनियरिङ संकायको प्राज्ञिक गतिविधि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ ।

उनको नेतृत्वमा संकायले प्राज्ञिक उत्कृष्टता कायम गर्दै अनुसन्धान, प्रविधि विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा थप प्रगति हासिल गर्ने विश्वास विश्वविद्यालय परिवारले गरेको छ ।