जनकपुरधाम, ११ भदौ । प्रदेश जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही समेटिएको आफ्नो पाँचौँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष पेश गरेको छ ।

आयोगले बिहीबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णसमक्ष पेश गरेको हो ।

आयोगले आर्थिक वर्ष २०८२/०८३ मा आयोगबाट सम्पादन गरिएका कार्य, गतिविधि तथा प्रगतिसहितको विवरण प्रतिवेदनमा समेटिएको जनाएको छ ।

प्रदेश जनलोकपाल आयोगले प्रत्येक आर्थिक वर्षमा आफूले गरेका काम तथा उपलब्धिको विवरणसहित वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्दै आएको छ ।

आयोगबाट पेश गरिएको प्रतिवेदन प्राप्त गर्दै प्रदेश प्रमुख कर्णले प्रतिवेदनमा समेटिएका विषयले प्रदेशमा सुशासन, जवाफदेहिता र सार्वजनिक निकायको कार्यसम्पादनबारे महत्वपूर्ण जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गरेको जनाइएको छ ।