टेम्पोको ठक्करबाट सुगरकेन स्टलमा क्षति

जनकपुरधाम, २२ साउन । जनकपुरधामको व्यस्त जनकचोकमा शुक्रबार एक टेम्पोले सुगरकेन स्टलमा ठक्कर दिँदा स्टलमा क्षति पुगेको छ ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको टेम्पो अनियन्त्रित भएपछि सडक छेउमा रहेको हेल्थ फ्रेश सुगरकेनको स्टलमा ठोक्किएको हो ।
टेम्पोको ठक्करबाट स्टलका संरचना तथा सामानमा क्षति पुगेको बताइएको छ ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी तथा सर्वसाधारणको भीड लागेको थियो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा क्षतिको विवरण संकलन गरिरहेको बताइएको छ ।
दुर्घटनाको कारण तथा टेम्पो चालकको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

