शोभाकान्त पाण्डेको नेतृत्वमा धनुषा जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति चयन

जनकपुरधाम, ३० जेठ । धनुषा जिल्ला क्रिकेट संघको साधारण सभाले शोभाकान्त पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
संघको साधारण सभाबाट आकाश पाण्डे उपाध्यक्ष, आशीषकुमार झा सचिव तथा सचिन सिंह कोषाध्यक्षमा चयन भएका छन् ।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा नवीनकुमार सिंह, लाला गुणवन्त बहादुर सिंह, सरोजकुमार मिश्र, कुमार प्रशुन, चन्दनकुमार झा, धर्मेन्द्र ठाकुर, अभिषेक झा, संयोग कर्ण र प्रह्लादप्रसाद साह चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा क्रिकेट खेलको विकास, खेलाडी उत्पादन, प्रतियोगिताको आयोजना तथा क्रिकेटप्रति युवाको आकर्षण बढाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ ।
संघका पदाधिकारीहरूले धनुषामा क्रिकेटको सम्भावना व्यापक रहेको उल्लेख गर्दै खेल पूर्वाधारको विस्तार र प्रतिभावान खेलाडीलाई अवसर उपलब्ध गराउन विशेष पहल गरिने बताएका छन् ।
नयाँ कार्यसमिति चयनसँगै धनुषा जिल्लामा क्रिकेट गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

