बाहिनीपति ट्रफी २०८३ सम्पन्न, सैनिक खेलकुदमा उत्साहजनक सहभागिता

-श्याम कुमार ठाकुर
सिरहा, १८ बैशाख । नेपाली सेना श्री नं. २७ बाहिनी अड्डाद्वारा आयोजित ‘वाहिनीपति ट्रफी २०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता विभिन्न खेल विधामा प्रतिस्पर्धा गराउँदै शुक्रबार समापन भएको हो ।
समापन समारोहका प्रमुख अतिथि बाहिनीपति सहायक रथी नारायण बहादुर थापाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।
उनले सैनिक जीवनमा खेलकुदको महत्व उल्लेख गर्दै यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व क्षमता र टीम स्पिरिट विकासमा टेवा पुर्याउने बताए ।

प्रतियोगितामा सहभागी सैनिक खेलाडीहरूले उच्च स्तरको प्रतिस्पर्धा, अनुशासन र खेल कौशल प्रदर्शन गरेका थिए ।
विभिन्न विधामा भएको प्रतिस्पर्धाले सैनिक संगठनभित्र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्नुका साथै आपसी सद्भाव र सहकार्यलाईसमेत मजबुत बनाएको आयोजकले जनाएको छ ।

नेपाली सेनाका अनुसार उक्त ट्रफीले शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्नुका साथै सैनिकहरूबीच एकता र मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
पुरस्कार वितरणसँगै ‘बाहिनीपति ट्रफी २०८३’ सफलतापूर्वक समापन भएको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


