मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

सिरहा, १० बैशाख । सिरहामा भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ ।
जिल्लाको नरहा गाउँपालिका–३ खैरिया टोलमा बिहीबार मोटरसाइकलको ठक्करबाट ५ वर्षीया खजिजा खातुनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा सदरमुकामबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन् । चालकको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।
दुर्घटनामा संलग्न मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


