धनौजीमा निःशुल्क आँखा शिविर सम्पन्न

जनकपुरधाम, ९ बैशाख । धनुषाको धनौजी गाउँपालिका–२ स्थित धनौजी बजारमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रामजानकी इंग्लिस बोर्डिङ स्कूलको प्रांगणमा आयोजित उक्त शिविरमा १४५ जना भन्दा बढी बिरामीले आँखाको परीक्षण गराएका छन् ।
मधेश युवा समाज उत्थान केन्द्र धनौजीको आयोजना तथा अध्यक्ष शुभाष झाको अध्यक्षतामा सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
शिविरमा जाँच गरिएका बिरामीहरूमध्ये ३५ जनामा मोतीबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ ।
ती मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया बिहीबार जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालमा गरिने कार्यक्रम रहेको छ ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयहरूका लागि शिविर निकै उपयोगी भएको सहभागीहरूले बताए ।
आयोजक संस्थाले यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


