धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुरधाम, ६ बैशाख । धनुषाको कमला नगरपालिका–७ सिङ्ग्याहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमला नगरपालिका–६ निवासी चालक आकाश यादव रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङका अनुसार स १ त ५१२९ नम्बरको ट्याक्टर खेतबाट माटो ओसार्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


