महोत्तरीका सरकारी कार्यालयमा छड्के अनुगमन, सेवा प्रवाह सुधार्न निर्देशन

जनकपुरधाम, २६ चैत । जिल्ला प्रशासन कार्यालय महोत्तरीको टोलीले जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ ।
सेवाग्राहीको गुनासो बढ्दै गएको तथा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सूचनाको आधारमा अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा कार्यालयहरूमा कर्मचारीको उपस्थिती, सेवाप्रवाहको अवस्था, नागरिकमैत्री व्यवहार तथा अभिलेख व्यवस्थापनको अवस्था अवलोकन गरिएको थियो ।
केही कार्यालयमा कर्मचारी अनुपस्थित रहेको, सेवाग्राहीलाई अनावश्यक ढिलाइ गराइएको तथा सूचना बोर्ड अद्यावधिक नभएको पाइएको स्रोतले जनाएको छ ।
टोलीले सम्बन्धित कार्यालयका प्रमुखहरूलाई सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न, तोकिएको समयमै सेवा उपलब्ध गराउन तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि जोड दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले यस्ता अनुगमनलाई निरन्तरता दिने जनाउँदै कमजोरी दोहोरिए कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


