जनकपुरधाम, २ चैत । धनुषामा गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बिहान सबैला नगरपालिका–९ स्थित सडकखण्डमा मोटरसाइकल र गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा शहीदनगर नगरपालिका–१ कुमकरन निवासी ३० वर्षीय सरोज यादव गम्भीर घाइते भएका थिए । उनी प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।