जसपा नेपालका प्रचार संयोजक यादव रास्वपामा प्रवेश

जनकपुरधाम, १७ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक सरगर्मी बढिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता अशोक कुमार यादवले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
यादव जसपा नेपाल धनुषा क्षेत्र नं.–३ का प्रचारप्रसार समितिका संयोजक, मुखियापट्टी मुसरनिया गाउँपालिकाका निवर्तमान नगर अध्यक्ष तथा पालिका अध्यक्ष पदका प्रत्यासीसमेत रहिसकेका थिए ।
रास्वपाको एक कार्यक्रमबीच उनलाई धनुषा-३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनिष झाले स्वागत गरेका थिए ।
सो अवसरमा यादवले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीतिलाई बलियो बनाउन आफूले रास्वपा रोजेको बताए ।
उनले स्थानीय तहको विकास, युवा रोजगारी र सेवा प्रवाहमा सुधारलाई आफ्नो प्राथमिकतामा राख्दै आगामी दिनमा सक्रियताका साथ पार्टी संगठन सुदृढीकरणमा जुट्ने प्रतिबद्धता व्यक्त गरे ।
यादवको प्रवेशसँगै धनुषा–३ मा रास्वपाको संगठन थप सशक्त हुने विश्वास पार्टीका नेताहरूले व्यक्त गरेका छन् ।
यसैबीच, जसपा नेपालका केही स्थानीय कार्यकर्ताहरू पनि असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला यादवको निर्णयले आगामी चुनावी समीकरणमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

