नेपाल तरुण दलको जनकपुरधाम नगर संयोजकमा राहुल मिश्र मनोनयन

जनकपुरधाम, ११ फागुन । नेपाल तरुण दल धनुषाले संगठन विस्तार र युवाको सहभागिता बढाउने लक्ष्यसहित जनकपुरधाम नगर समितिको नगर संयोजक पदमा राहुल मिश्रलाई मनोनयन गरेको छ ।
जिल्ला कार्यसमितिले जारी गरेको मनोनयन पत्रमार्फत मिश्रलाई औपचारिक जिम्मेवारी दिइएको हो ।
जिल्ला कार्यसमितिका अनुसार संगठन सुदृढीकरण, पार्टीका नीति तथा कार्यक्रमलाई नगरस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले मिश्रको सक्रियता, संगठनप्रतिको निष्ठा र नेतृत्व क्षमतालाई मूल्याङ्कन गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
मनोनयनपछि मिश्रले नगरभित्र युवाहरूलाई संगठित गर्ने, संगठन विस्तार गर्ने तथा पार्टीको सिद्धान्त र मार्गदर्शनअनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्ने विश्वास गरिएको छ ।
साथै संगठनको गरिमा, अनुशासन र समन्वयलाई उच्च राख्दै प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष संजयलाल कर्णले युवालाई नेतृत्वमा अघि सार्दै संगठनलाई थप मजबुत बनाउने अभियान अन्तर्गत मिश्रलाई नगर संयोजक बनाइएको बताए । उनले नगरस्तरमा तरुण दलको गतिविधि थप सक्रिय हुने अपेक्षा समेत व्यक्त गरे ।
नेपाल तरुण दलले युवामाझ संगठन विस्तार र राजनीतिक सक्रियता बढाउने रणनीतिअन्तर्गत नगरस्तरमा नेतृत्व चयनलाई तीव्रता दिएको जनाएको छ ।
मिश्रको नेतृत्वमा जनकपुरधाम क्षेत्रमा युवामुखी कार्यक्रम र संगठनात्मक गतिविधि थप सशक्त हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


