जनकपुरधाममा टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

जनकपुरधाम, ११ फागुन । जनकपुरधाममा टिपरको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्युु भएको छ ।
दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका हवल्दार चन्द्र कला महतोको मृत्यु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–४ मुरलीचोकस्थित सिटिजन बैंक अगाडि भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आएको प्रदेश २–०२–००२ प ७३५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक महतोजो घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।
मृतक महतो बर्दिवासको पशुपतिनगर निवासी थिइन् । उनी सञ्चय कोषको रकम बुझ्न जनकपुरधाम आएकी थिइन् ।
घटनामा संलग्न टिपर चालक र सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

