कांग्रेस प्रदेशस्तरीय युवा अभियानको संयोजकमा सिंह नियुक्त

जनकपुरधाम, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै नेपाली कांग्रेस मधेश प्रदेशले प्रदेश सदस्य कृष्ण कुमार सिंहलाई युवा परिचालन समितिको संयोजक नियुक्त गरेको छ ।
प्रदेश कार्यालयबाट जारी पत्र अनुसार सिंहले मधेश प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा कांग्रेसका आधिकारिक उम्मेदवारहरूको प्रचारप्रसार तथा मत परिचालनको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।
पत्रमा सभापति कृष्ण प्रसाद यादवले सिंहलाई प्रदान गरिएको जिम्मेवारीको सफलताको शुभकामना दिँदै निर्वाचनमा कांग्रेसको विजयी सुनिश्चित गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

सिंहको नियुक्तिपछि प्रदेश कांग्रेसभित्र युवा सक्रियतामार्फत उम्मेदवारहरूको समर्थन जुटाउने प्रयास तीव्र हुने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

