जानकी मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गर्न पर्यटन पूर्वाधार र मौलिकता संरक्षणमा जोड

जनकपुरधाम, ८ माघ । जानकी मन्दिरलाई युनिस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासका क्रममा मधेश प्रदेश सरकारका विभिन्न निकायबीच रणनीतिक छलफल सम्पन्न भएको छ ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको उपस्थितिमा भएको बैठकमा पुरातत्व विभागका प्रतिनिधि, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक तथा सम्बन्धित सरकारी निकायका अधिकारीहरूले सहभागिता जनाएका थिए ।
बैठकमा मठमन्दिर, धर्मशाला, पाटीपौवा व्यवस्थापन, यहाँका पोखरीहरूको सौन्दर्यकरण, पर्यटन पूर्वाधार निर्माण र मौलिकता संरक्षणका लागि आवश्यक मापदण्ड निर्धारण लगायतका विषयमा छलफल गरिएको थियो ।
सहभागीहरूले स्थानीय सांस्कृतिक पहिचान र ऐतिहासिक महत्वलाई कायम राख्दै आधुनिक पर्यटन पूर्वाधार निर्माणको रणनीति तय गर्ने सहमति जनाएका छन् ।
सरकारी स्रोतका अनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन आवश्यक तयारी र मापदण्ड निर्माण कार्यलाई प्राथमिकतामा राख्दै आगामी वर्षमा ठोस पहलहरू अघि बढाइनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

