जनकपुरमा मध्यराति सवारी दुर्घटना, एकको मृत्यु, तीन घाइते

जनकपुरधाम, १९ पुष । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत जमुनिया नहर सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट BR 05 AJ 2272 नम्बरको सवारी साधन गएराति करिब १२ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण खुल्न नसकेको भए पनि सवारी अनियन्त्रित भई सडकबाट बाहिरिएर पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दाहरूले तत्परता देखाउँदै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका थिए । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ भने थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

