जनकपुरधाम उपमहानगरको नगर शिक्षा समितिमा महासेठ मनोनीत

जनकपुरधाम, ११ पुष । जनकपुरधाम उपमहानगरपालिकाले नगर शिक्षा समितिमा नयाँ सदस्य मनोनयन गरेको छ ।
नगर शिक्षा ऐन–२०७७ को दफा ९ को (ट) बमोजिम जनकपुरधाम उपमहानगरपालिका–१ निवासी जीतेन्द्र महासेठलाई नगर शिक्षा समितिको सदस्य पदमा मनोनयन गरिएको हो ।
नगर प्रमुख मनोज कुमार साहद्वारा जारी गरिएको मनोनयन पत्रमार्फत उक्त जानकारी दिइएको छ ।
पत्रमा नगर शिक्षा समितिको सदस्य पदमा मनोनयन भएकोमा बधाई व्यक्त गर्दै आगामी दिनमा नगरको शिक्षा क्षेत्रको विकास, सुधार तथा प्रभावकारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको उल्लेख छ ।
नगर शिक्षा समिति नगरभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, नीति निर्माण, कार्यान्वयन तथा अनुगमनमा महत्वपूर्ण निकायका रूपमा रहने गर्दछ ।

नयाँ सदस्यको मनोनयनसँगै नगरको शिक्षा व्यवस्थापन थप सुदृढ र प्रभावकारी हुने विश्वास लिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ‘धार्मिक, सांस्कृतिक तथा पर्यटकीय समृद्ध नगर’ निर्माणको लक्ष्यसहित विभिन्न क्षेत्रको विकासमा अघि बढिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

