जनकपुरधाम, १२ असार । जनकपुरधामका अवैध निजी विद्यालयहरु बन्द गराउन कडा रुपमा प्रस्तुत हुने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधवार नीजि विद्यालय संचालकहरुको संगठनहरु प्याब्सन, एनप्याब्सन तथा हिसानले अवैध विद्यालय तत्काल बन्द गर्नुपर्ने मागसहितका जउमनपाका मेयर साहलाई ध्यानाकर्षण गराएका छन् । एनप्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै मेयर साहले अवैध विद्यालयहरुलाई नियमनकालागि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । अवैध विद्यालयहरुको अनुगमनकालागि अनुगमन समिति गठन गरेर अगाडि बढ्ने उल्लेख गर्दै मेयर साहले विगत एक वर्ष पूर्व अनुगमन भई अवैध ठहर भएकालाई समेत कारवाही गर्ने प्रष्ट्याए ।

मेयर साहले भने, ुविद्यालयहरुको ईमिस आईडीको समस्या संवेदनशील रहेकोले सो को निदानकालागि तीन दिन भित्रै प्रक्रिया अगाडि बढाउने छुु । ईमिसको समस्या कसरी समाधान हुन्छ सो बारे शिक्षा शाखाका कर्मचारीसहित सामुहिक छलफल गरी निर्णय गर्ने र सो तत्काल समाधान हुने मेयर साहको विश्वास छ । प्याब्सन, एनप्याब्सन तथा हिसानको संयुक्त ध्यानाकर्षपत्र अध्यक्ष ठाकुरले प्रस्तुत गरेका थिए ।

सो पत्रमा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरुमध्ये १४ (चौघ)वटा विद्यालयले अनुमति नलिई दर्ता बिना नै संचालन गर्दै आएकोमा बन्द गर्ने प्रयोजनार्थ विगत १ वर्ष अघि मिति २०८० साल जेठ महिनामा जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका पदाधिकारीलगायत अन्य सरोकारवाला व्यक्तिहरुले अनुगमन गरी तत्काल त्यस्ता विद्यालयहरु बन्द गर्ने निर्णय पारित भए तापनि हालसम्म बन्द नभएका र कक्षाहरु विगत सालमा जस्तै निर्वाधरुपमा सञ्चालन भइरहेका हुँदा हजारौ बालबालिकाहरुको भविष्य अन्धकारतिर धकेलिएको प्रति गभिर ध्यानाकर्षण भएको जनाइएको छ ।

सो बेला अगुगमनको क्रममा न्यु गणेशा ईंग्लिस बोर्डिंग स्कुल, सोनामाई ईंग्लिश स्कुल, श्री आधार बाल वाटिका, न्यु बुढा निलकण्ठ मण्टेसरी स्कुल, रोज ईन्टरनेशनल एकेडेमी, संस्कार पब्लिक स्कुल, ग्रिनउड पब्लिक स्कुल, लिङकन सिटी स्कुल, न्यु नेम एजुकेशन प्वाइन्ट स्कुल, अक्सफोर्ड ईग्लिश बोर्डिंग स्कुल, ज्ञानगंगा ईन्टरनेशल स्कुललगायतको अवैध ठहर भएको छ । सोमाथि समेत कारवाही नभएको प्रति पत्रमा गुनासो पोखिएको छ । सो मध्ये ज्ञानगंगाले अवैध रुपमै पनि जनकपुरधाम उपमहानगरपाकिाका शिक्षा शाखााका कर्मचारीहरुलाई मोटो रकम खुवाएर ईमिस आईडी समेत प्राप्त गरिसकेको स्रोतले जनाएको छ ।

पटकपटक अनुगमन भए तापनि गैरकानुनी रुपमा सञ्चालित विद्यालयहरुले हालसम्म अटेर गरी कक्षा स्तरोन्नति गरी धमाधम विद्यार्थी भर्ना गरिरहेकाले यस्ता माानवीय भविष्य नै अन्योलमा पार्ने जस्ता कार्यहरु रोक्नका लागि माग पत्र मार्फत गरिएको छ ।

गैरकानुनीरुपमा सञ्चालित विद्यालयहरु बन्द नभएमा आगामी दिनहरुमा कडाभन्दा कडा आन्दोलन गर्न समेत पछि नहट्ने चेतावनी समेत पत्र मार्फत दिइएको छ ।

सो क्रममा मेयर तथा पत्र बुझाउन आएका टोलीबिचको छलफलको क्रममा वक्ताहरुले शिक्षाको स्तर दिनानुदिन खस्किंदै गएको गुनासो गरेका थिए । आफ्नो धारणा राख्दै नीजि विद्यालय संचालक रविन्द्र चौधरीले दर्ता नभएका विद्यालयहरुले विद्यार्थीको भविष्यसंग खेलवाड गर्न नपाउने जिकिर गरे । कार्यक्रममा बोल्दै अर्का नीजि विद्याय संचालक महेश मण्डलले एकातिर सरकारले माध्यमिक तहको शिक्षा पूर्णतः निशूल्क रहेको भए पनि सामुदायिक विद्यालयहरुले पैसा लिएर पढाईरहेको दुर्भाग्यपूर्ण अवस्था रहेको गुनासो पोखे । उनले श्री याज्ञवल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा भईरहेको अंग्रेजी माध्यमको अध्ययन अध्यापन प्रति ईंिगत गर्दै सो गुनासो पोखका थिए ।

यता जउनपामा नीजि विद्यालय दर्ताका लागि अहिले ४० हजारदेखि १ लाखसम्मको अवैध रकम तिर्नु पर्ने अवस्था रहेको बुझिएको छ । कर्मचारीहरुले सो रकम लिएर सहजै दर्ता गर्ने गरेको र रकम दिन आलटाल गर्ने अथवा घुसको विरोध गर्ने संचालकहरुलाई विद्यालयको सानो तिनो कागजी काम पनि महिनौ अड्किने गरेको नपाकै एक जना कर्मचारीले नाम नखुलाउने सर्तमा बताए । उनले भने शिक्षा शाखाका हाकिमदेखि फिल्डका सानो तिनो सबै कर्मचारीले कमिशन लिने गरेका छन् । कतिपय नीजि विद्यालय संचालकहरुले शाखा प्रमुख अंजु पाण्डेमाथि नै ठाडो आरोप लगाउने गरेका छन् । यता प्रमुख पाण्डेले कुनै पनि अवैध विद्यालयलाई ईमिस आईडी नदिएको प्रष्ट पारेकी छिन् ।