‘स्वस्थ मधेश’ आफ्नो पहिलो प्राथमिकता : नवनियुक्त स्वास्थ्यमन्त्री सिंह

जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले ‘स्वस्थ मधेश’ आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
शपथ ग्रहणपश्चात् कार्यभार सम्हाल्दै स्वास्थ्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रका तमाम बेथितीलाई समाप्त पार्दै नागरिकले सहज र सुलभ ढंगले सेवा पाउने वातावरण निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘स्वस्थ मधेश प्रदेशको परिकल्पनालाई पूरा गर्नेगरी अघि बढेर नागरिकलाई संघीयताको महत्त्व बुझाउने प्रयास गर्नेछु ।मधेशको स्वास्थ्य क्षेत्रमा देखिएको बेथितीलाई चिर्दै नागरिकलाई संघीयताको आभाष गराउँछु ।’
मधेशका अधिकांश स्थानमा अवैधरूपमा सञ्चालित निजी स्वास्थ्य संस्थाले लुट मचाइरहेको र अधिकांशले अकालमै ज्यान गुमाइरहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री सिंहले अब त्यस्तो नहुने प्रतिबद्धतासमेत जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


