पारुल र डिआइटीमा नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति

जनकपुरधाम, २ जेठ । भारतका दुईवटा प्रतिष्ठित कलेजहरुले नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । भारतको गुजरात राज्यस्थित बडोदरामा रहेको पारुल युनिभर्सिटी र देहरादुनस्थित डिआइटी युनिभर्सिटीले नयाँ शैक्षिक सत्रदेखि नेपाली विद्यार्थीहरुलाई ५० प्रतिशत छात्रवृति प्रदान गर्ने घोषणा गरेको हो ।
डिप्लोमा इन इन्जिनियरिङ्ग, डिप्लोमा इन आर्किटेक्चर, डिप्लोमा इन डिजाइन, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन पारामेडिकल एण्ड होम साइन्स, डिप्लोमा इन हेल्थ असिस्टेन्ट, बिटेक, एमबीबीएस्, बीडीएस्, बीइ, बीएसी, बीबीएलगायत २५० वटा कोर्षमा अध्ययनरत विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति वितरण गर्ने घोषणा गरिएको हो ।
जनकपुरधाममा अवस्थित क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले पारुल युनिभर्सिटीका असिस्टेन्ट म्यानेजर निरज साहाको उपस्थितीमा बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि छात्रवृत्तिको घोषणा गरेको हो ।
छात्रवृत्ति प्रदान गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्यारियर ड्रिम एजुकेशन कन्सल्टेन्सीका सञ्चालक राकेश साहले जनकपुरधामबाट प्रत्येक वर्ष करिव १५० जना विद्यार्थीलाई भारतको विभिन्न कलेजहरुमा अध्ययनको लागि पठाउँदै आएको र उनीहरुले पढाईसँगै रोजगारीसमेत पाएको दाबी गरे ।
उनले छात्रवृत्तिले भारत–नेपाल सम्बन्धलाई पनि मजबुत बनाउने काम गरेको टिप्पणी गरेका छन् । उनले पारुलमा नेपालका ३ हजार विद्यार्थी अध्ययन गरिरहेको बताए । साहले पारुलमा ७३ भन्दा बढि र डिआइटीमा १४ भन्दा बढि देशका विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा पारुल युनिभर्सिटीका असिस्टेन्ट म्यानेजर निरज साहाले सो विश्वविद्यालयमा उपयुक्त वातावरण रहेको र आफू रहँदा कुनै सुरक्षा चुनौती वा समस्या भोग्नु नपरेको सुनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


