स्वास्थ्य क्षेत्रमा सुधार सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री यादव

जनकपुरधाम, फागुन ५ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शनिबार मधेश स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको भौतिक पुर्वाधार विकासमा मधेश प्रदेशले फड्को मारेको दाबीसमेत गरेका हुन् ।
मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको बार्षिकोत्सवको अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र कुमार सिंहले संयुक्त रुपमा मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्री सिंहले मुटु रोगको बिशिष्टिकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
उद्घाटन सत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. डा. अंकुर साहले क्याथ ल्याब संचालनमा आएपछि मुटु रोगिहरुलाई उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


