जनकपुरधाम, २९ पुष । जनकपुरधामको मोनाष्टिक कलेजमा नमुना संसदीय अभ्यास सम्पन्न भएको छ ।

तीन दिवसीय कार्यक्रममा नीति तर्जुमा, सदन संचालन, कानून निर्माण प्रक्रिया र निर्वाचन प्रणालीबारे प्रशिक्षण दिइएको थियो । युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा कक्षा ११ र १२ कानून संकटमा अध्ययनरत ९० जना विद्यार्थीको अर्थपूर्ण सहभागिता रहेको थियो ।

विद्यालयका निर्देशक डा. सोनु साहका अनुसार यस्ता कार्यक्रमबाट विद्यार्थीहरुलाई नीति निर्माण तथा विद्यालयमा अध्ययन गर्न र संसदीय व्यवस्था संचालनको अभ्यास हुने जानकारी दिए। उनले भने, ‘ विद्यार्थीलाई थप अध्ययनशील बनाउन यस्तो कार्यक्रम आवश्यक छ ।’ साथै नमुना युवा संसदीय अभ्यास आयोजना गरेको कलेजले थप यसलाई वार्षिक कार्यक्रममा लग्ने प्रतिवद्धता जनाएको छ ।

कार्यशालामा रक्कि प्रसाद साहले प्रशिक्षण दिएका थिए । साहले प्रशिक्षणमा विद्येयक निर्माणको प्रक्रिया, प्रारम्भिक मस्यौदा र नेतृत्व सिप बारे अभ्यास सहित जानकारी गराएका थिए । उनले युवाहरुको नीति निर्माणमा रुचि, जिम्मेवारी बढाउने उदेश्यले यसलाई लगनशीलता का साथ आगाडि लाग्नुपर्ने आवश्यक रहेको बताए ‌। प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्ने उनको सुझाव छ।

समापन समारोहमा मधेस प्रदेश सभाको दुई सासंदको समेत उपस्थिति रहेको थियो। प्रदेश सासंद रामअशिष यादवले ” नमुना संसदीय अभ्यास” कानुन अध्ययनरत विद्यार्थीहरुको लागि एकदमै उपयोगी रहेको बताए। यस्ता तालिमले नेतृत्व क्षमता अभिवृद्धि हुने र सरकारलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार तहलाई जवाफदेही बनाउने उनले विश्वास व्यक्त गरे ।

उक्त अभ्यासमा नमुना सासंदहरुको भुमिका र लगनशीलता देखेर अर्का सासंद सारदा देवी थापाले खुशी ब्यक्त गरिन् । यस प्रकारको अभ्यासलाई निरन्तरता दिनु पर्ने उनको भनाई थियो। सहभागी विधार्थीहरुमा धेरै छात्रालाई देखेर उनले गर्व गरेकी थिईन् । उनीहरुलाई भविष्यमा मुलधारको भुमिकामा पुग्ने आँकलन गरिन् । अतिथिहरुमा अधिवक्ता उमेश यादव र महावीर साहको उपस्थिति रहेको थियो।