विभिन्न कार्यक्रमको आयोजना गरी एनप्याब्सनको २६औँ स्थापना दिवस मनाइयो

जनकपुरधाम, २८ पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो २६औँ स्थापना दिवस मनाएको छ ।
एनप्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमालको उपस्थितीमा जनकपुरधामस्थित जानकी बृद्धाआश्रममा फलफुल तथा खाद्यान्न, बालआश्रममा शैक्षिक सामग्री तथा खेलकुदका सामानहरु वितरण गरिएको छ ।
त्यस्तै, मानवसेवा आश्रममा रहेका व्यक्तिहरुलाईसमेत भोजन गराइएको छ । एनप्याब्सनका धनुषा अध्यक्ष आशिष झाले सद्गुरु कविर बालवात्सल्य आश्रमका सम्पूर्ण बालबालिकाहरुलाई जनकपुरधामका निजी विद्यालयहरुले अध्यापन गराइरहेको जानकारी गराउँदै स्थापना दिवस, जन्मदिन लगायतका समयमा आश्रममा सहयोग गर्न आग्रह गरे ।
मानवसेवा आश्रममा सहभागीहरुलाई भोजन गराउँदै एनप्याब्सनका केन्द्रिय अध्यक्ष हमालले स्थापना दिवसका अवसरमा धनुषा शाखाले गरेको कामबाट आफू अत्यन्त खुशी भएको बताए । स्थापना दिवसका अवसरमा देशभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिंदै उनले असहाय, अशक्तहरुको संरक्षण गरिरहेका मानवसेवा आश्रमप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा हिसानका धनुषा अध्यक्ष संजिव ठाकुर, प्याबसन धनुषाका पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वलाल सिंह, एनप्याब्सनका जनकपुरधाम नगर अध्यक्ष दिपक ठाकुर लगायतकाले आ–आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा एनप्याब्सनका केन्द्रिय अध्यक्ष, महासचिवका साथै केन्द्रिय उपाध्यक्ष ब्रजेन्द्र मिश्र, केन्द्रिय सदस्य चन्द्र नारायण मण्डल, निवर्तमान अध्यक्ष अवधेश तिवारी, जिल्ला उपाध्यक्ष अनिल अग्रवाल, जिल्ला सचिव डि.के. चौधरी लगायतका निजी विद्यालयका संस्थापक तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसरमा साँझमा जानकी मन्दिरमा दिप प्रज्जवलन समेत गरिएको एनप्याब्सनका नगर अध्यक्ष ठाकुरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


