जनकपुरधाम, ११ पुस । हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ ।

हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छन् ।भ्रष्टाचारलाई रोक्नुपर्छ अनि मात्र विकास सम्भव छ ।

सबैलाई थाह हुँदाहुँदै किन सबै मौन छन् त ? के उनीहरु देश विकास भएको हेर्न चाहदैनन् ? चाहन्छ भने के कुराले राेकेकाे छ ? हामी अहिले आधुनिक युगमा छौँ जहाँ हरेक कुरा आधुनिक तरिकाले तयार गरेको हुन्छन् । तर हाम्रो सोच चाँहि जस्ताको त्यस्तै छ ।

हामी गर्नलाई सब कुरा गर्छौं तर सहि सोच अपनाउन सक्दैनौं । जस्तै हरेक ठाउँमा सरसफाइ त हुन्छ तरपनि त्यो ठाउँ फोहरले भरिएको हुन्छ्न किन ? किनकि हामी सहि सोचका साथ सरसफाइ गरेको हुँदैनौं । सरसफाइ गर्दा त्यहाँ फोहर राख्ने व्यवस्था गर्दिनु पर्छ ।

सबै नागरिक जिम्मेवार नहुँदा जति सरसफाइ गरेपनि फोहरले नै भरेको हुन्छन् । सरसफाइ गरेर मात्र देश विकास सम्भव छैन । सबै कुरामा सबै नागरिक सहि सोचका साथ अगाडि बढनु पर्छ । सबैलाई अवसर दिनुपर्छ । सबभन्दा जरुरी राजनीतिमा शिक्षित युवालाई ल्याउनु पर्छ ।

यहाँ नपढेको मान्छे धाक हेराउँछ र पढेलेखेको युवा अरुकाे देशमा गएर दु:ख गरेर आफ्नो खुसीको हत्या गरेर अरुलाई खुशी पारिरहेको हुन्छन् । के हामी यस्तै जीवन बिताउने हो त ? हाम्रो आउने पीढिलाई के जवाफ दिने ? किन सबै चुप छन् ? के हामी आउने पीढिलाई खुशी हेर्न चाहदैनौं ? यदि चाहन्छौं भने सहि सोच बनाउनु पर्छ र अगाडि बढनु पर्छ ।

सडक बनाएर र सरसफाइ गरेर देश विकास हुँदैन । देश विकासका लागि सबै कुरामा विकास हुनु पर्छ । देश विकासका लागि सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिनु पर्छ । आऔं अब सोच बदलौं र देश विकास तिर लागौं । सबैजना आ-आफ्नो क्षेत्रबाट योगदान दिएर सुन्दर र सक्षम देश बनाऔं । जिम्मेवार नागरिक भएर निस्वार्थ भई काम गरौं ।

सस्तो लोकप्रियता कमाउन तिर नलागेर देश विकासका लागि केही गर्नु पर्यो । सफलताको पछाडि नभाग्नुहोस । कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जिवन समर्पित गरिदिनुहोस । सफलता आफैं तपाईंको पाँऊ चुम्ने छ ।

सबै नागरिक इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुस् । सेवा निस्वार्थ भावनाले सफल हुन्छ । किनकी जहाँ स्वार्थ हुन्छ त्यहाँ सेवा हुँदैन र जहाँ सेवा हुन्छ त्यहाँ स्वार्थ हुदैन । आऔं सबैजना मिलेर सुन्दर शान्त देश बनाऔं ।