आफ्नै युटुब च्यानल “बिदुर राज गिरी” मा गिरीले ल्याए म्युजिक भिडियो “ब्यथा”

काठमाडौँ, २३ साउन। आफ्नै शब्दमा गीतकार बिदुर राज गिरीले बाबुल गिरीको आबाजमा कलाकारहरुको वेदनालाई समेटि म्युजिक भिडियो ” ब्यथा” ल्याएका छन ।
जुन गीतमा सीरुपाते जुँगाका गायक बाबुल गिरीले म्युजिक /स्वोर /मिक्सिङ / मास्टरीङ गरेका छन । नीकै मार्मिक शब्द तथा कथा बस्तुमा तयार गरियेको उक्त गीतमा सुबि म्युजिक प्रोडकसनको प्रोप्राइटर सुजता गिरीको कथा लेखनमा, सह डाइरेक्सन सुरज ढकाल र चर्चित युबा डाइरेक्टर उमेश गुरुङको बेजोड डाइरेक्सन रहेको छ । सर्बाधीक रुचाइएको टेलीचलिचत्र “भुन्टिका” नायक बिनोद श्रेष्ठ , तथा “त्यागकि” नाइका स्वानिका बास्तोला बाल कलाकार ब्रीजेस राज गिरी , सुजता गिरी स्वयम् बिदुर राज गिरी ,प्रदिप गिरी ,सुचना भट्ट ,सरोज ढकाल ,बिनोद ढकाल,पृथ्वी नारायण अधिकारि लगायत अन्य कलाकारहरुको बेजोड र मार्मिक कला प्रस्तुत गरिएको छ ।
कलाकर्मीको दुख र वेदनालाई झल्काउन खोजिएको उक्त म्युजिक भिडियो नीकै मार्मिक रहेको छ । यस अघि गिरीले गायक शिव परियारको आबजमा ” लजालु नयन ” प्रमोद खरेल र बानिका प्रधानको आबजमा “शिव बम बम” साथै टीका बोम्जनको आबाजमा “पर्देश बाट तिमी फर्की आउ ” आफ्नै “बिदुर राज गिरी ” युटुब च्यानलबाट प्रसारण गरि सकेका छन । यसका साथै अन्य गीतको पनि तयारी गरि रहेका बताएका छन । गिरी एक कुसल फिल्म स्कृप्ट लेखक पनि हुन ।
भीडियाे निर्माणमा साथ र सहयोग गर्नु हुने उमेश गुरुङ ,सुरज ढकाल र प्रदीप गिरी लाई निर्माण पक्षले धन्यवाद दिएको छ । आम मानिसहरुको पिडा र दुखले भरीएको उक्त म्युजिक भिडियो सबै दर्सकलाई हेरी साथ र हौसला बढाई दिन उनले अनुरोध गरेका छन।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


