सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं, १९ पुस । जनता समाजवादी पार्टी नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सरकारमा जाने निर्णय गरेको छ ।
सम्मानजनक शक्ति बाँडफाँट नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने जसपाले निर्णय गरेको हो ।
बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।
चुनावमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ ।
बैठकले विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


