सभामुखको निर्वाचन पुस २६ गते हुने

काठमाडौं, १९ पुस । प्रतिनिधिसभामा सभामुखको निर्वाचन पुस २६ गते हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुखको निर्वाचन गर्ने तयारी गरिएको हो ।
संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले पनि विश्वासको मत लिने तयारी गरेका छन् ।
कार्यव्यवस्था परामर्श समिति गठन नहुँदासम्म सर्वदलीय बैठकले संसदको कार्यसूची तय गर्ने अभ्यास छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
सर्वदलीय बैठकको मुख्य एजेण्डा प्रतिनिधिसभा नियमावली नयाँ बनाउने कि पुरानै स्वीकार गरेर जाने, प्रधानमन्त्रीले विश्वासको मत लिने र सभामुखको निर्वाचन रहेको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


