कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

काठमाडौं, १९ पुस । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् ।
सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
लेखक ४ मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


