सरकारका विषयमा हामी पर्ख र हेरको अवस्थामा छौं : झलनाथ खनाल

काठमाडौं, १७ पुस । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने बताएका हुन् ।
गठबन्धनमा रहेका दलले सहयोगको आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा रहेको नेता खनालको भनाइ छ ।
आफूहरु आम रुपमा वामपन्थी एकताकै पक्षमा रहेको भन्दै उनले त्यसका लागि सिद्धान्त र नीति मिल्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


