काठमाडौं, १७ पुस । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।

शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।

स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेको खतिवडाले बताए ।

मुख्य रुपमा पार्टी निर्माण सुदृढिकरण र विस्तारका विषयमा गहनतम छलफल गरेको उनको भनाइ छ ।