काठमाडौं, १७ पुस । नेपाल टी–२० लिगमा जनकपुर रोयल्स काठमाडौं नाइट्ससँग दोस्रो पटक पराजित भएको छ ।

आइतबार जनकपुर रोयल्सलाई काठमाडौँले ९० रनले पराजित गरेको हो ।

लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि जनकपुर काठमाडौंसँग नै पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको पारी खेले । ¥यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए ।