निजगढ विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने घोषणा गरेका छन् ।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा अएको छ । अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्नेछौ ।’
प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसँगै पोखरा सिधै अन्य मुलुकसँगको पहुँचमा जोडिएको बताए । पोखरा विमानस्थल सञ्चालनमा आएसँगै पोखराको विकास र समृद्धिको चाहना थप मजवुत भएको समेत उनले बताए ।
यस्तै आफ्नो जन्मभूमि समेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


